×

NIC ASIA

कोशीका मुख्यमन्त्री कार्कीले एक हप्ताभित्रै विश्वासको मत लिने, सरकार साढे तीन वर्ष टिक्ने दाबी

विराटनगर | बैशाख २७, २०८१

Prabhu Bank
NTC
Premier Steels

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक हप्ताभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । बिहीबार साँझ शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी  गर्दै मुख्यमन्त्री कार्कीले हप्तादिनभित्र नै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने जानकारी दिए ।

उनले प्रदेशका महत्वपूर्ण समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रममा ल्याउँछौं,’ उनले भने ‘प्रदेश संरचनाप्रति जनतामा रहेको निराशालाई उठाउने गरी काम गर्छौं ।’ 


Advertisment
Rupse Holidays
Nabil box

प्रदेश सरकारको महसुस हुनेगरी कार्यक्रम ल्याएर निराशा चिर्ने उनले बताए । उनले सबै दललाई साथमा लिएर हिँड्ने पनि उल्लेख गरे ।

Vianet communication

दुई दलमात्रै सरकारमा सहभागी हुने हो ? प्रश्नमा मुख्यमन्त्री कार्कीले सबै दललाई एकसाथ लिएर हिँड्ने बताए । एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउने उनले संकेत पनि गरेका छन् । ‘अब एक–दुई दिनभित्रै दुई दल यही सरकारमा थपिन्छन्,’ उनले भने ‘अन्यलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्छाैं ।’ प्रदेशको विकासका लागि सबैसँग सहकार्य गर्ने उनले बताए । 

६–६ महिनामा सरकार फेर्दा संघीयता र प्रदेश सरकारप्रतिको वितृष्णा बढ्दैन भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले केन्द्रमा पनि यही प्रक्रिया चलिरहेको बताए । मुख्यमन्त्रीमा  माओवादी र एमालेको आलोपालो गर्ने गरी सहमति भएको भनेर नेताहरूले दाबी गरे पनि कार्कीले यही सरकार अब साढे तीन वर्षसम्म टिक्ने दाबी गरे । ‘केन्द्रमा पनि सरकार फेरबदल भइरहेकै छ,’ उनले भने, ‘यहाँ पनि त्यस्तै हो । यो सरकार साढे तीन वर्ष जान्छ । यही सरकारले जनताको निराशालाई हटाउँछ ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x