२५ जेठ २०८३, सोमबार

कोशीका मुख्यमन्त्री कार्कीले एक हप्ताभित्रै विश्वासको मत लिने, सरकार साढे तीन वर्ष टिक्ने दाबी

बैशाख २७, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्री कार्कीले एक हप्ताभित्रै विश्वासको मत लिने, सरकार साढे तीन वर्ष टिक्ने दाबी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक हप्ताभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । बिहीबार साँझ शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी  गर्दै मुख्यमन्त्री कार्कीले हप्तादिनभित्र नै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने जानकारी दिए ।

उनले प्रदेशका महत्वपूर्ण समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताए । 

‘जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रममा ल्याउँछौं,’ उनले भने ‘प्रदेश संरचनाप्रति जनतामा रहेको निराशालाई उठाउने गरी काम गर्छौं ।’ 

प्रदेश सरकारको महसुस हुनेगरी कार्यक्रम ल्याएर निराशा चिर्ने उनले बताए । उनले सबै दललाई साथमा लिएर हिँड्ने पनि उल्लेख गरे ।

दुई दलमात्रै सरकारमा सहभागी हुने हो ? प्रश्नमा मुख्यमन्त्री कार्कीले सबै दललाई एकसाथ लिएर हिँड्ने बताए । एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउने उनले संकेत पनि गरेका छन् । ‘अब एक–दुई दिनभित्रै दुई दल यही सरकारमा थपिन्छन्,’ उनले भने ‘अन्यलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्छाैं ।’ प्रदेशको विकासका लागि सबैसँग सहकार्य गर्ने उनले बताए । 

६–६ महिनामा सरकार फेर्दा संघीयता र प्रदेश सरकारप्रतिको वितृष्णा बढ्दैन भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले केन्द्रमा पनि यही प्रक्रिया चलिरहेको बताए । मुख्यमन्त्रीमा  माओवादी र एमालेको आलोपालो गर्ने गरी सहमति भएको भनेर नेताहरूले दाबी गरे पनि कार्कीले यही सरकार अब साढे तीन वर्षसम्म टिक्ने दाबी गरे । ‘केन्द्रमा पनि सरकार फेरबदल भइरहेकै छ,’ उनले भने, ‘यहाँ पनि त्यस्तै हो । यो सरकार साढे तीन वर्ष जान्छ । यही सरकारले जनताको निराशालाई हटाउँछ ।’  

salt training

कमेन्ट गर्नुहोस्