१० साउन २०८३, आइतबार

नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने

बैशाख २७, २०८१
काठमाडौं
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने

 नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समितिले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्दैछ। समितिले भोलि शुक्रबार र पर्सी शनिबार देवचुली नवलपुरमा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार सोनामसिं स्याङ्तानले सांगठनिक विषयमा प्रशिक्षण दिनेछन् भने हिसिला यमि, भक्तबहादुर शाह र जनकराज शाहले आर्थिक, उत्पादन तथा स्वरोजगार, नीति तथा योजना विषयमा प्रशिक्षण दिनेछन्।

त्यसैगरी प्रचार प्रसार तथा सूचना प्रविधि (आईटी) बारे मानुषी यमि भट्टराई र कपिल काफ्लेले, अभियान सञ्चालन तथा जनपरिचालनबारे घमानसिं गुरुङले, कानुन, न्याय, स्थानीय तह र सरकारबारे कृष्ण शर्मा र डा.मुक्ति रिजालले प्रशिक्षण दिनेछन्।

अर्थतन्त्रका बारेमा डा.रेशम थापा र नेतृत्व प्रणालीका बारेमा राजु केसीले प्रशिक्षण दिने प्रचार प्रसार विभागले जनाएको छ।

त्यसैगरी नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशका विषय प्रशिक्षण बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्