२३ असार २०८३, मंगलबार

करिब एक करोड नगदसहित दरबारमार्गबाट दुई जना पक्राउ

बैशाख २८, २०८१
काठमाडौं
करिब एक करोड नगदसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौंको दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिलन विक र समीर सुनार रहेका छन् । ​

दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरूलाई गएराति पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ । उनीहरू हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ । 


 

salt training

कमेन्ट गर्नुहोस्