×

NIC ASIA

रेष्टुरेन्ट र ब्युटीपार्लरको आवरणमा ठगी

अमेरिका र क्यानडा पठाउने भन्दै १० जनाबाट साढे पाँच करोड ठगी, श्रीमान्‌-श्रीमतीसहित तीन पक्राउ

काठमाडाैं | बैशाख २८, २०८१

Prabhu Bank
NTC
Premier Steels

अवैध बाटो प्रयोगगरी अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशीका टासी शेर्पा, उनकी श्रीमती सिन्धुपाल्चोककै ङिमवुटी शेर्पा र निमा शेर्पा छन् । 

यो समूहले दुबई हुँदै केन्याबाट अमेरिका पठाउने प्रलोभन देखाएर १० जनाबाट रकम उठाउँदै अलपत्र पारेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका मध्येकी ङिमवुटीले आफ्नो श्रीमान र छोरालाई अवैध बाटो हुँदै अमेरिका र क्यानडा पठाएको भन्दै गाउँका सर्वसाधरणलाई सुनाउने गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको आश्वासनलाई विश्वास गरेर सिन्धुपाल्चोकका केही सर्वसाधरणले धमाधम पैसा बुझाएका थिए । अमेरिका र क्यानडामा फुड प्याकिङको काममा मासिक चार लाखसम्म कमाइ हुने प्रलोभन देखाएर मिङवुटीले पैसा असुलेकी थिइन् । 


Advertisment
Rupse Holidays
Nabil box

अनुसन्धान कार्यालयले शुक्रबार घटना सार्वजनिक गर्ने क्रममा एसएसपी सानुराम भट्टराईले भने, ‘पीडित १० जना नेपाल फर्केर हाम्रो कार्यालयमा उजुरी दिएपछि अुनसन्धान गरेका थियौं, पीडितहरूले प्रहरीमा जानकारी गराएअनुसार अरु १५ जनालाई अमेरिका पठाउने भन्दै केन्यालगायत अफ्रिकी मुलुकमा बन्धक बनाएर राखेको र उनीहरूबाट साढे सात करोड रुपैयाँ असुलेका छन् । यस विषयमा हामी थप अनुसन्धान गर्छौं ।’ 

Vianet communication

मिङवुटीले जोरपाटीमा आफ्नो घरमा ब्यूटीपार्लर र चिसा पसल सञ्चालन गरेकी छिन् । सोही ठाउँमा गाउँका सर्वसाधारणलाई बोलाएर रकमको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार भिसा निकाल्न र अन्य डकुमेन्ट बनाउन सुरुमै मिङवुटीले पाँच लाख रुपैयाँ लिँदै आएकी थिइन् । भिसा आएपछि टिकट काट्न पाँचदेखि सात लाख र ३५ सय डलर साट्न भनेर पाँच लाख रुपैयाँ असुल्दै आएको पीडितहरूले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् । पीडितले प्रहरीमा जानकारी दिएअनुसार उनले एउटै व्यक्तिबाट बढीमा ५० लाख रुपैयाँसम्म उठाएकी थिइन् ।  

दुबईलाई ट्रान्जिट बनाएर केन्या
यो गिरोहले काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको राजधानी नैरोबीस्थित जोमो केन्यट्टा इन्टरनेश्नल विमानस्थलमा पुर्‍याउँदै आएका थिए । त्यहाँ पुगेपछि उनीहरूले सम्पर्क गराएका अफ्रिकी मुलका एजेन्टले रिसिभ गर्ने गरेका थिए । 

उनीहरूले ट्याक्सीमा राखी केन्याको जिम्मरमानस्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा लगेर ६ महिना बन्धकमा राखेको पीडितहरूले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । उक्त घरमा पुग्नेवित्तिकै पीडितहरूबाट दुईदेखि तीन सय डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरूले नै लिएर लिएर जाने गरेको पाइएको छ । ‘काम हुँदैछ पख्नुहोस्’ भनि ६ महिनासम्म  कोठामा बन्धक बनाई राखेपछि केन्याका गिरोहले ‘यहाँ बसिरह्यो भने प्रहरीले दुःख दिन्छ’ भनेर एक घण्टाको दुरीमा रहेको नैरोवीस्थित किन्नो भन्ने स्थानमा अर्को घरको फ्ल्याटमा लगेर दुईदेखि तीन महिना राखेर मात्रै राहदानी फिर्ता दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पीडितहरूले राहदानी पाएपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरूले आफ्नो घर तथा साथीहरूबाट मगाई  हवाई टिकटसमेत आफैंले काटी नेपाल फर्किएको प्रहरीलाई जानकारी गराएका छन् । पीडितहरूले जानकारी गराएअनुसार अमेरिका पुर्‍याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको पाइएको छ । 

‘यो गिरोहले करिब १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्यालगायत विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र  निजहरूबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको छ, हामी थप अनुसन्धान गर्दैछौं,’ एसएसपी भट्टराईले भने, ‘केन्यामा बन्धक बनाइएका नेपालीको सम्बन्धमा परराष्ट्रमार्फत् सोधीखोजी गरिने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x