२८ जेठ २०८३, बिहीबार

मैले संसदमा बोल्न पाए संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छः लामिछाने

बैशाख २८, २०८१
काठमाडौं
मैले संसदमा बोल्न पाए संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री  रवि लामिछानेले आफूले संसदमा बोल्न पाए संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुने बताएका छन् । उनले आफूलाई एक पटक बोल्न दिन कांग्रेस किन डराएको भन्दै प्रश्न समेत गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले कांग्रेस र गगन थापाले आरोप लगाएजस्तो आफूले खुद फारम भरेर सहकारीबाट ॠण मागेको वा लिएको प्रमाणित गरिदिए राजनीति छाड्ने घोषणा गरेका छन् । प्रमाणित नगरे तपाईँ राजनीति छाड्न तयार हो भन्दै लामिछानेले प्रश्न पनि गरेका छन् । 

लामिछानेले फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन।’

उनले  आफूले कसैलाई नठगेको भन्दै रास्वपाका नेता कार्यकर्तालाई शिर ठाडो राख्न पनि आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्