२१ जेठ २०८३, बिहीबार

टर्कीए प्रहरीद्वारा तीन सय ६६ शङ्कास्पद लागुऔषध कारोबारी पक्राउ

बैशाख २८, २०८१
काठमाडौं
टर्कीए प्रहरीद्वारा तीन सय ६६ शङ्कास्पद लागुऔषध कारोबारी पक्राउ

टर्कीए प्रहरीले लागुऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताएका छन् । 
    
‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागूऔषध उत्पादक र डिलरहरू विरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए । 

उक्त अपरेसनमा कूल दुई सय ३० टोली र नौ सय ८० जना जेन्डरमेरी कर्मचारीको सहभागी भएको र सात सय केजी लागुऔषध तथा १३ हजार लागुऔषध चक्की बरामद गरिएको उनले बताए । 
अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबका रूपमा प्रयोग गरेको टर्किएले गत वर्षदेखि लागूऔषध तस्करीमा कडाइ गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्