२८ जेठ २०८३, बिहीबार

सदनको अवरोध हटाउन निरन्तर छलफल : प्रगति शून्य, शीर्ष तहबाट निकास निस्कने आशा

बैशाख २९, २०८१
काठमाडौं
सदनको अवरोध हटाउन निरन्तर छलफल : प्रगति शून्य, शीर्ष तहबाट निकास निस्कने आशा

सङ्घीय संसद्‌मा जारी अवरोधको गाँठो फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादमा जुटेका छन् ।

समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रवार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार सत्तारुढ नेकपा एमालेलगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गरेका उनको सचिवालयले जनाएको छ ।

यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

सो दलको शुक्रवारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो । 

सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गरे ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गरे ।

संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए ।

आगामी जेठ १ गते मङ्गलवार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रिय सभाको अर्को बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्