१९ असार २०८३, शुक्रबार

जसपा नेपाल महाधिवेशनमा केन्द्रित

बैशाख २९, २०८१
काठमाडौं
जसपा नेपाल महाधिवेशनमा केन्द्रित

जनता समाजवादी पार्टी (जसपा) नेपाल महाधिवेशन केन्द्रित भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले आफूहरु महाधिवेशनमा केन्द्रीय भएको बताए । शनिबार बस्नेतले आफूहरु महाधिवेशन सम्पन्न गर्न आवश्यक सबैखाले तयारीमा जुटेको बताएका हुन् ।
 
“विभिन्न पार्टी, मोर्चा, सङ्गठन, अभियान र आन्दोलनको एकीकृत रुप नै जसपा, नेपाल हो । एकताको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीलाई थप सुदृढ र सशक्त बनाउदै लैजाने छ,” बस्नेतले भने ।
 
जसपा नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको तयारी, महाधिवेशनमा आउने विदेशी पाहुनाहरुलाई निम्तो गर्ने र प्रचार प्रसार गर्ने कार्य गरिरहेको समेत उनले बताए ।
 
जसपाले तयार गरेको महाधिवेशन कार्यतालिकाअनुसार आइतबारदेखि जेठ १० गतेसम्म पार्टी समिति र सङ्गठनले महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्