
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत गरेका छन् ।
नेपालले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छाप्ने भनी गरेको निर्णय सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेपछि नेपालले राजीनामा दिएका थिए ।
भारतसँग सीमा विवाद कायम भएका बेला सरकारले अन्तर्राष्ट्रिय मान्यताविपरीत नोटमा नक्सा छाप्नुलाई नेपालले अविवेकी निर्णयको संज्ञा दिएका थिए ।
यो भनाइपछि राष्ट्रपति पौडेलले पनि नेपाललाई बोलाएर यस विषयमा सोधपुछ गरेका थिए ।