०४ साउन २०८३, सोमबार

महिलाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याऊँ : मन्त्री चौधरी

बैशाख ३०, २०८१
काठमाडौं
महिलाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याऊँ : मन्त्री चौधरी

 महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् । 

काठमाडौँमा आज ‘साउथ एशियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरसमेन्ट थु्र डिजिटाइजेशन’ कार्यक्रम सम्बोधन गर्नुहुँदै उनले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने कुरामा जोड दिएकी हुन् । पैतृक सम्पत्तिमा महिला र पुरुषको समान हक हुने संविधानमा लेखिए पनि व्यावहारिक पक्ष कमजोर रहेको उनले बताइन् । “महिलामा सम्पत्ति माथिको अधिकार विस्तारै बढ्ने क्रममा छ, तर पर्याप्त भएको छैन”, उनले भनिन्, “तथ्याङ्क हेर्ने हो भने, नौ प्रतिशतबाट विस्तारै बढ्ने क्रममा छ ।” 

राष्ट्रिय जनगणनाअनुसार २४ प्रतिशत महिलाको सम्पत्तिमा अधिकार देखिन्छ । अब विस्तारै २६ दशमलव चार प्रतिशत पुग्न लागेको अनुमान रहेको मन्त्री चौधरीले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्