३० जेठ २०८३, शनिबार

१४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति, तथ्यांकमा उल्लेख्य घट्यो मूल्यवृद्धि

बैशाख ३१, २०८१
काठमाडौं
१४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति, तथ्यांकमा उल्लेख्य घट्यो मूल्यवृद्धि

आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २०८०/८१ को नौ महिनासम्म (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार बाह्य क्षेत्रसँग सम्बन्धित अधिकतम सूचक सुदृढ अवस्थामा देखिएको हो । 

प्रतिवेदन अनुसार मुलुकको बैङ्किङ क्षेत्रसँग १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति रहेको छ । जुन गत असारको तुलनामा २२.७ प्रतिशतले बढी हो । यस्तो सञ्चिति नेपालको एक वर्षको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै उक्त सञ्चितिले १५ महिनाको वस्तु आयात धान्न पुग्ने आकलन छ । कुनै समय सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थाका कारण सरकारले १४ प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । 

समीक्षा अवधिमा मूल्यवृद्धि उल्लेख्य रूपमा घटेको पाइएको छ । राष्ट्र बैङ्कका अनुसार चैतमा उपभोक्ता मूल्यवृद्धि केवल ४.६१ प्रतिशत मात्र रहेको छ । जबकि २०७९ चैतमा मूल्यवृद्धि ७.७६ प्रतिशत थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्