
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.३१ रुपैयाँ रहेको छ । यसैगरी बिक्री दर १३३.९१ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५९ रुपैयाँ र बिक्री दर १४४.२३ रुपैयाँ रहेको छ ।
यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९४ रुपैयाँ र बिक्री दर १६७.७० रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ र बिक्री दर ८८.४१ रुपैयाँ रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ र बिक्री दर ३५.७० रुपैयाँ रहेको छ ।
