०३ असार २०८३, बुधबार

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

बैशाख ३१, २०८१
काठमाडौं
कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
मुख्यमन्त्री हिक्मत कार्की ।

विराटनगर

केन्द्रीय सता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले  पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।

केन्द्रीय नेताहरूको निर्देशनपछि एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन तयार भएका हुन् । 

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै छन् । ११ बजेका लागि संसद् बैठक बोलाए पनि कांग्रेस ससदीय दलको बैठक बस्न सकेको छैन । 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता जनाएको नेताहरूले बताएका छन् । 

सुदूरपश्चिका मुख्मन्त्री दीर्घ सोडारीले समेत नेता राजेन्द्र राइलाई विश्वासको मत दिन आग्रह गरेका थिए । काठमाडौंमा रहेका नेकपा एसका सांसदहरू विराटनगर आउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कोशीमा एसका ४ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्