३० जेठ २०८३, शनिबार

जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता

बैशाख ३१, २०८१
काठमाडौं
जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता

जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता भएको छ ।

भारतको हैदराबाद, कोइम्बटोर र विशाखापट्टनम च्याप्टर्स रहेको च्याप्टर्ससँग जिटो नेपालले सिस्टर च्याप्टर सम्बन्ध स्थापना सम्बन्ध गरेको कम्पनीले जनाएको छ ।

जिटो नेपाल च्याप्टरका अध्यक्ष कमलकुमार बेगानीका अनुसार उक्त सम्झौता काठमाडौंको हायात रिजेन्सीमा भएको हो ।

जिटो विश्वभरका जैन उद्योगी, व्यवसायी र पेसेवरहरूको समुदाय हो ।

जसमा संयुक्त राज्य अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र भारतलगायत २८ अन्तर्राष्ट्रिय स्थानका १५ हजार चार सय ११ सदस्यहरू आर्थिक सशक्तीकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न सक्रिय छन् । 

जिटो नेपालले नेपाली जैन व्यवसायी समुदायमा सीप विकास र मार्गदर्शनको लागि अवसरहरू प्रदान गर्ने गरेको छ ।

स्थापना भएदेखि यसले दान अभियान, वृक्षारोपण कार्यक्रम, व्यापार सेमिनार तथा खेलकुद आयोजना र जागरुकता कार्यक्रमको सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्