
काठमाडौंको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा एक पुरुषको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको आज हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौं–७ चाबहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।
प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।