११ साउन २०८३, सोमबार

राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गर्ने सरकारको नीति

जेठ १, २०८१
काठमाडौं
राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गर्ने सरकारको नीति

राष्ट्रिय सुरक्षा नीति एवं कार्ययोजनाका आधारमा राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गरिने सरकारले नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवं राष्ट्रियहीत र स्वार्थ रक्षाका लागि नेपाली सेनालगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने छ,’ उनले भने, ‘सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम तथा भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्