१० साउन २०८३, आइतबार

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

जेठ १, २०८१
काठमाडौं
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

 अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् । 
    
नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने समस्या नरहने स्पष्ट पारे । 
    
“विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन”, अर्थमन्त्री पुनले भने, “अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ । यसैलाई समर्थन गर्ने गरी बजेट आउँछ र त्यो बजेटमार्फत यसको कार्यान्वयन हुन्छ ।”

salt training

कमेन्ट गर्नुहोस्