२२ असार २०८३, सोमबार

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो : कतार

जेठ १, २०८१
काठमाडौं
इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो : कतार

मध्यस्थकर्ता कतारले मङ्गलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’ मा पुगेको बताएको छ । 

“विशेषरूपमा पछिल्ला केही सातामा हामीले केही गति देखेका छौँ तर दुर्भाग्यवश चिजहरू सही दिशामा बढेनन् र अहिले हामी लगभग गतिरोधको अवस्थामा छौँ”, प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीले कतार आर्थिक मञ्चलाई भने, “निस्सन्देह रफाहमा जे भएको छ त्यसले हामीलाई पछाडि धकेलेको छ ।”

सन् २०१२ मा दोहामा हमासको राजनीतिक कार्यालयको आतिथ्यता प्रदान गरेको कतार इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको महिनौँदेखि पर्दापछाडिको मध्यस्थतामा संलग्न छ ।

“इजराइली पक्षको तर्फबाट युद्ध रोक्नेबारे कुनै स्पष्टता छैन, हामीले सम्झौताका बारेमा कुरा गरिरहँदा र सम्भावित युद्धविरामतर्फ अगाडि बढिरहँदा पनि उनीहरूले यसलाई एउटा विकल्पका रूपमा विचार गरिरहेका छन् भन्ने मलाई लाग्दैन”, शेख मोहम्मदले भने, “इजराइली राजनीतिज्ञहरूले उनीहरू त्यहीँ रहने र युद्ध जारी राख्ने सङ्केत दिइरहेका छन्, यसपछि गाजा कस्तो हुनेछ भन्नेबारे कुनै स्पष्टता छैन ।”

विस्थापित प्यालेस्टिनीले भरिएको दक्षिणी गाजा सहर रफाहमा पूर्णस्तरको आक्रमणविरुद्ध अमेरिकी चेतावनीका बावजुद इजराइलले सोमबार रफाहमा हमाससँग लडाइँ जारी राखेको छ । 

मे ९ देखि इजराइलले रफाहमा घुसपैठ गरी मुख्य सहायता क्रसिङ बन्द गरेपछि गाजाका जनतासम्म मानवीय सहयाता पुग्न नसकेको अर्को पत्रकार सम्मेलनमा कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्