०७ साउन २०८३, बिहीबार

‘हेर्दाहेर्दै’मा राखिएको सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

जेठ २, २०८१
काठमाडौं
‘हेर्दाहेर्दै’मा राखिएको सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै छ । मंगलबार  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । 

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्