
बिहीबारसहित ४ दिन काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
जसअनुसार नयाँ बजार, क्षेत्रपाटी, भिमसेनस्थान, त्रिपुरेश्वर फिडरका विभिन्न स्थानमा जेठ ३, ५, ६ र ८ गते विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 