२८ असार २०८३, आइतबार

सन्दीपका समर्थकको भीडले पुल्चोक क्षेत्रको ट्राफिक अस्तव्यस्त

जेठ २, २०८१
काठमाडौं
सन्दीपका समर्थकको भीडले पुल्चोक क्षेत्रको ट्राफिक अस्तव्यस्त

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि समर्थकको भीडले उच्च अदालत पाटन परिसरमा खुशी साटी रहँदा पुल्चोक क्षेत्र आसपास सडकको ट्राफिक अस्तव्यस्त बनेको छ ।

समर्थकहरूले सडकमा सन्दीपको पक्षमा नाराबाजी गरेका थिए ।

उनीहरूले न्याय मरेको छैन, सन्दीप हाइहाइ, जीत कस्को सन्दीपको भन्दै एक आपसमा खुशी साटासाट गरेका थिए । ​

बाजागाजा र झाँकीसहित पुगेका समर्थकको भीडलाई थेग्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।

समर्थकको भीडले सन्दीपले फेरि एक पटक विश्वसामु नेपाललाई चिनाउने भन्दै नारा लगाएका थिए । ​​

सयौंको संख्यामा समर्थकहरूले सन्दीपको फोटो अंकित ब्यानर र प्लेकार्डसँगै नेपाली झण्डासमेत लगाएर सन्दीपको पक्षमा नाराबाजी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्