२१ जेठ २०८३, बिहीबार

एक महिनामा पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

जेठ ३, २०८१
ताप्लेजुङ
एक महिनामा पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी  पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । 

गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्