
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’अन्तर्गत तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ । वैशाख १९ मा शुरू भएको उक्त तालिमका कक्षा शुक्रबार सकिन लागेको महानगरले जनाएको छ ।

उक्त तालिमका कक्षाहरू १५ दिनसम्म चल्ने कार्यक्रम छ । पहिलो चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएको महानगरले जनाएको छ ।

बिहीबार तालिम सम्पन्न भएका र शुक्रबार सम्पन्न हुने प्रशिक्षार्थीहरूको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ ।
अभिमुखीकरण कार्यक्रमअन्तर्गत बिहीबार ६४६ जनालाई कार्यक्रममा सहभागी गराएको छ । १५ दिने तालिम सकिए पनि ३० दिने भने जारी रहने छ ।