२६ असार २०८३, शुक्रबार
संसदमा तनाव

मुठभेडतर्फ संसद्, सत्ता र विपक्षबीच धकेलाधकेल

जेठ ३, २०८१
काठमाडौं
मुठभेडतर्फ संसद्, सत्ता र विपक्षबीच धकेलाधकेल

प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको स्थिति उत्पन्न भएको छ ।

सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसद् बैठकमा तनावको स्थिति आएको हो ।

कांग्रेसको नाराबाजी चलिरहेको समयमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस सांसदहरू उग्र बने ।

गृहमन्त्री रोस्ट्रमतर्फ जान खोज्दा कांग्रेस सांसदहरू रोक्न उद्दत भएका थिए । त्यसैक्रममा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि उठे ।

लगत्तै कांग्रेस उपसभापति धनराज गुरुङले ओलीतर्फ हेरेर नाराबाजी गरेका थिए ।  त्यसपछि एमाले सांसदहरू पनि गुरुङलाई धकेल्न पुगे ।

परिस्थिति असामान्य बनेपछि सभामुख घिमिरेले गृहमन्त्रीलाई आफ्नो स्थानमा बस्न आग्रह गरे । त्यसपछि उनले बाँकी कार्यसूची हटाएर प्रतिनिधि सभा बैठक शुक्रवारसम्मका लागि स्थगित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्