२१ जेठ २०८३, बिहीबार

कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीवक्ताको शपथ ग्रहण

जेठ ३, २०८१
विराटनगर
कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीवक्ताको शपथ ग्रहण

कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीक्ता नारायण वस्तीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्यन्यायाधीवक्ता वस्तीलाई आज विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विराटनगर–४ निवासी वस्तीलाई मुख्यन्यायाधीवक्तामा आज नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
    
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, सभामुख अम्बरबहादुर विष्ट, बिना विभागीयमन्त्री रामकुमार मगर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्