२४ जेठ २०८३, आइतबार

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

जेठ ३, २०८१
मुगु
पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

 सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु त्यही छोडेर फर्किन नपाउने भएका छन् । 

रारालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिएको रारा राष्ट्रिय निकुञ्जले यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने र अत्याश्यक प्लाष्टिकजन्य वस्तु लिएमा फर्किदासँगै ल्याउनुपर्ने नियम लागू गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । उनले पर्यटकले प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु निकुञ्जभित्रै फाल्ने क्रम बढेकाले यस्तो निर्णय लिनुपरेको बताए । 

उनका अनुसार मङ्गलबारबाट यो नियम लागू गरिएको छ भने निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिे आफूसँग लगेका पानीका बोतल, प्लास्टिक झोला, प्लास्टिकमा प्याकिङ गरिएका खानेकुरा त्यहाँबाट फर्किएपछि काउन्टरमा बुझाउनुपर्ने नियम छ । “निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्नुअघि झोलाको जाँच गरेर प्लास्टिकजन्य वस्तुको एकिन गरी अभिलेख राख्ने र घुमेर फर्कदा फेरि काउन्टरमा बुझाउनुपर्ने नियम लगाएका छौँ । नियम पालना नगरेमा रु दुई सयसम्म जरिवाना तिर्नुपर्ने छ”, घिमिरेले भने ।

    निकुञ्ज कार्यालयले लामो समयदेखि प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरे पनि प्रभावकारी नभएपछि यस्तो नियम लागू गरेको जनाएको छ । पर्यटकले मात्र नभई निकुञ्जभित्र बस्ने नेपाली सेना, निकुञ्ज कार्यालयका कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेटलगायतका सामग्री जथाभावी फाल्न र लिन पाउने छैनन् ।

पछिल्लो समय रारा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ को चैत्रसम्म नेपाली पर्यटक आठ हजार तीन सय, सार्क राष्ट्रबाट ३५, विदेशी एक सय ८३ गरी आठ हजार पाँच सयले रारा भ्रमण गरेको तथ्याङ्क छ । 

salt training

कमेन्ट गर्नुहोस्