२९ असार २०८३, सोमबार

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

जेठ ३, २०८१
काठमाडौं
गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको उनका उपप्रमुखले बिहीबार बताएका छन् ।  अधिकारीहरूले फिकोको जीवन बचाउने प्रयास गरेको एक दिनपछि शान्त रहन र युरोपेली सङ्घ (इयु) को निर्वाचन अभियान निलम्बन गर्न आग्रह गरेका छन् । 

सरकारले ‘राजनीतिक हमला’ नाम दिएको गोलीबारीले युरोपेली संसद् निर्वाचनको केही साताअघि बढ्दो ध्रुवीकरण वा त्योभन्दा धेरै हिंसाको आशङ्का उत्पन्न गरेको छ ।     स्लोभाकियाको राजनीति वर्षौंदेखि युरोप समर्थक र राष्ट्रवादी झुकाव खेमाबीच विभाजित छ । पछिल्लो निर्वाचन गलत सूचना, आपसी आरोप र सामजिक सञ्जालमा आक्रमणबाट प्रभावित भएको छ । 

स्लोभाकियाका नवनिर्वाचित राष्ट्रपति पिटर पेलेग्रिनीले पत्रकारहरूसँग भने, “म स्लोभाकियाका सबै राजनीतिक दललाई उनीहरूको युरोपेली निर्वाचन अभियानलाई अस्थायीरूपमा निलम्बन गर्न वा अत्यन्त कम गर्न आह्वान गर्दछु ।”

गोली लागेपछि ५९ वर्षीय प्रधानमन्त्री फिकोलाई बचाउन सङ्घर्ष गर्दै सर्जनहरूले अपरेसन थिएटरमा धेरै घन्टा बिताएका छन् । बैठकपछि जनताका सदस्यहरूसँग कुराकानी गरिरहँदा उनीमाथि बुधबार गोली प्रहार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्