१५ असार २०८३, सोमबार

महिन्द्रा उत्सव योजनाका तीन भाग्यशाली विजेतालाई पुरस्कार वितरण

जेठ ४, २०८१
काठमाडौं
महिन्द्रा उत्सव योजनाका तीन भाग्यशाली विजेतालाई पुरस्कार वितरण

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नी ग्रुपले ‘महिन्द्रा उत्सव–२०२३’ योजनाका विजेता घोषणा गरेको छ । कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित सो योजना सञ्चालन गरेको थियो । जसअन्तर्गत कम्पनीले तीन क्षेत्रमा विभाजन गरी विजेता घोषणा गरेको हो । 

कम्पनीका अनुसार लक्की ड्र मार्फत् घोषणा गरिएका वीरगञ्जका विजेता आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी र विर्तामोडका मिसेक फयाकले जावा फोर्र्टी टु मोटरसाइकल जितेका छन् ।

यसैगरी चरिकोटमा रहेको देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेको छ ।

विजेताहरूलाई एक कार्यक्रममार्फत् उपहार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

देवकोटा निर्माण सेवालाई वैशाख २६ गते काठमाडौंमा पुरस्कार हस्तानतरण गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी मोटरसाइकलका विजेता फयाकलाई उनकै स्थानीय ठाउँ विर्तामोडमा वैशाख २७ गते पुरस्कार हस्तान्तरण गरिएको थियो ।

महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी विजेता कुँवरलाई पनि उनकै ठाउँ वीरगन्जमा वैशाख २९ गते पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्