२३ जेठ २०८३, शनिबार
पुटिनको भ्रमण

चीन-रूसबीच रणनीतिक सहकार्य : सशंकित पश्चिम

जेठ ४, २०८१
काठमाडौं
चीन-रूसबीच रणनीतिक सहकार्य : सशंकित पश्चिम

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा छन् । पुटिनको भ्रमणअघि चीनले दुई देशबीचको सम्बन्ध सुदृढ भएको भन्दै प्रशंसा गरेको थियो । विगत दुई वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको रुसका लागि चीन महत्वपूर्ण सहयोगी बनेको छ ।

एकातिर पश्चिमी देशहरूले रुस–युक्रेन युद्धको निन्दा गरिरहेका छन् भने चीनले गरेको छैन । चीन प्रतिबन्धले घेरिएको रुसको लागि सहयोगी बनेको छ । अमेरिका र युरोपेली संघबाट ठूलो मात्रामा प्रतिबन्धको सामना गरिरहेको रुससँग चीनले व्यापार जारी राखेको छ । यद्यपि पुटिनले चीनबाट धेरै चाहन्छन्, के चीन तयार छ ?

null

गत हप्ता पाँचौंपटक राष्ट्रपति बनेपछि पुटिनले आफ्नो पहिलो विदेश भ्रमणका लागि चीन रोज्नु अचम्मको कुरा होइन । चिनियाँ सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै रुसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अहिलेसम्मकै उचाइमा रहेको बेला दुईदिने राजकीय भ्रमण हुन लागेको बताएका छन् । उनले चिनियाँ मार्सल आर्ट र दर्शनमा पनि रुचि रहेको बताए । पुटिनले भने, ‘हाम्रो सम्बन्ध कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा पनि सुदृढ हुँदै गएको छ ।'

पुटिनले सार्वजनिक रूपमा चीनसँगको मित्रताको घोषणा गरिरहेका छन् ।  तर चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भने चिन्ता हुनसक्छ ।

अमेरिकाले हालै रुससँग व्यापार गर्ने चीन र हङकङका बैंक तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । यी बैंक तथा कम्पनीहरूले विद्यमान प्रतिबन्धलाई बेवास्ता गर्दै रुसलाई सहयोग गरिरहेको आरोप लगाइएको छ । तर, चीनले रुसलाई हतियार बेचेको छैन । अमेरिका र बेल्जियमले रुसले युद्धका लागि आवश्यक प्रविधि र सामान निर्यात गरिरहेको विश्वास गर्छन् ।

आफ्नो हालैको चीन भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बीबीसीलाई भनेका थिए कि चीनले युरोपेली सुरक्षाको लागि सबैभन्दा ठूलो खतरालाई बढावा दिन मद्दत गरिरहेको छ ।

उनले अमेरिकाका लागि यो लक्ष्मणरेखा भएको तर, चीन युक्रेनको विषयमा तटस्थ रहेको र युद्धबाहेक व्यापारिक प्रयोजनका सामान निकासी गर्दा नियम नमानेको बताएका थिए ।

यसका बाबजुद चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता फ्रान्सको भ्रमणका क्रममा यी आरोपहरूको सामना गर्नुपरेको थियो । युरोपेली युनियनले आफ्नै ट्यारिफहरू मात्र विचार गरिरहेको छैन तर, चिनियाँ समर्थकहरू पनि मुखर हुँदैछन् । उनीहरूले सी जिनपिङलाई रुसी समकक्षीमाथि थप दबाब दिन आग्रह गरिरहेका छन् । र सत्य यो हो कि चीनको सुस्त अर्थतन्त्रले उसले व्यापार गर्ने देशहरूको दबाब सहन सक्दैन । कम आन्तरिक मागका कारण चीनलाई विदेशी बजार चाहिन्छ । चिनियाँ राष्ट्रपतिलाई यी सबैबीच सन्तुलन मिलाउन सजिलो छैन, जसले गर्दा उनका लागि कठिन अवस्था सिर्जना भएको छ ।

null

युक्रेनमा रुसी आक्रमणको केही दिनअघि दुवै देशका नेताहरूले सहकार्यलाई थप मजबुत बनाउन सीमाविहीन साझेदारीको घोषणा गरेका थिए । जसलाई चीन र रुसले हात मिलाएर पश्चिमविरुद्धको वैचारिक संघर्षलाई बलियो बनाउँदै लगेजस्तो ठानिएको थियो ।

चीनले अझै पनि रुसको सहयोगमा अमेरिकामा आधारित विश्व व्यवस्थालाई नयाँ आकार दिन सक्छ भन्ने लागेको छ । दुई देशबीचको व्यापार फस्टाउँदै गएको छ । साइबेरिया पाइपलाइनबाट ठूलो मात्रामा रुसी ऊर्जा चीनका लागि लाभदायक साबित हुँदैछ।

रुसलाई बिनासर्त समर्थन गरेकोमा चीनले कस्तो मूल्य चुकाउनु पर्ने हो भन्ने कुरा चीनलाई राम्ररी थाहा भएको विश्लेषकहरू बताउँछन् । यही कारणले विश्व स्तरमा आफूलाई कायम राख्न चीनले आफ्नो रणनीति परिवर्तन गरिरहेको उनीहरूको विश्वास छ । हालैको युरोप भ्रमणका क्रममा सी जिनपिङले आफ्नो देशले यो संकटको सुरुवात नगरेको र त्यसमा सहभागी नभएको बताएका थिए । चीनले आफ्ना नागरिकलाई पनि यही कुरा भन्दै आएको छ ।

रुस-युक्रेन युद्धमा चीन तटस्थताको कुरा गर्छ तर, युक्रेनप्रतिको सहानुभूति उसको सरकारी मिडियामा सजिलै देखिँदैन । चीनको सरकारी सञ्चारमाध्यमले रुसको आक्रमणलाई अझै पनि जायज ठहराइरहेको छ । अमेरिकी नेतृत्वको नाटोको विस्तार रोक्न रुसले यो कदम चालेको उसको विश्वास छ ।

सन् २०२२ मा युक्रेनको राजधानी किभमा रुसी आक्रमणहरू भएका थिए । चीनमा धेरै आवाजहरू छन् जसले रूससँगको 'असीमित मित्रता' लाई समर्थन गरेको देखिन्छ । फुदान युनिभर्सिटीको सेन्टर फर रुसी एन्ड सेन्ट्रल एसियन स्टडीजका निर्देशक फेङ युजुनले हालै द इकोनोमिस्टमा युक्रेनमा रुसको पराजय निश्चित रहेको लेखेका छन् । चीनमा रहँदा यो भन्न साहस चाहिन्छ । तर त्यसपछि राष्ट्रपति सीले सुझाव दिए कि उनीहरू शान्तिका रक्षक साबित हुन सक्छन् । यसको मतलब तिनीहरूले रूस र युक्रेनबीच शान्ति स्थापना गर्न सक्छन् ।

गत वर्ष मार्चमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको राजकीय भ्रमण गरेका थिए । केही दिनपछि उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेका थिए । चिनियाँ राष्ट्रपतिले चीन सधैं शान्तिको पक्षमा रहेको बताए । चीनले आणविक हतियारको प्रयोगको विरुद्धमा १२ बुँदे शान्ति योजना पनि प्रकाशित गरेको थियो । रुस-चीन गठबन्धनलाई लिएर पश्चिमाहरू निकै असहज बन्दै गएका छन् र चिनियाँ राष्ट्रपतिले खेल्ने वाचा गरेको शान्ति स्थापनाको भूमिका पनि असफल भएको छ ।

पुटिन र सी जिनपिङ भेट,के-के विषयमा छलफल भयो?

बिहीबार चीन पुगेका पुटिनले भ्रमणको पहिलो दिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । दुई नेताबीच दुई देशबीचको ‘महत्त्वपूर्ण’ सम्बन्धका बारेमा छलफल भएको थियो ।

null

सी जिनपिङले युक्रेन र रुसबीच जारी युद्धको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । यद्यपी सी जिनपिङले त्यसको समाधान कस्तो हुन्छ भन्नेबारे केही भनेनन् । विगत केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकाले उठायो प्रश्न

अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा रहेका बेला अमेरिकाको यो भनाइ आएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेललाई रुस र चीनबीचको सम्बन्धबारे प्रश्न सोधिएको थियो । जसको जवाफमा वेदान्त पटेलले भने, ‘तिमी दुवैतर्फ हुन सक्दैनौ । एकातिर चीनले युरोपसँग राम्रो सम्बन्ध राखेको छ भने अर्कोतर्फ रुससँग सहकार्य गरिरहेको छ । रुस युरोपको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा हो । चीनले युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गरिरहेको छ। हामीले यो विषय उठाउँदै आएका छौं, आलोचना पनि गरेका छौं ।' बीबीसीको सहयोगमा

तस्वीरहरू: एपी/एएफपी

salt training

कमेन्ट गर्नुहोस्