२६ असार २०८३, शुक्रबार
विपक्षी मोर्चालाई बलियो बनाउने प्रयास

संसद्‌मा मुठभेडको स्थिति आएपछि देउवाले बोलाए विपक्षी दलहरूको बैठक

जेठ ४, २०८१
काठमाडौं
संसद्‌मा मुठभेडको स्थिति आएपछि देउवाले बोलाए विपक्षी दलहरूको बैठक

संसद‌्‌मा मुडभेडको स्थिति आएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका छन् । संसद् भवन परिसरमा शुक्रबार बिहान बसिरहेको संसदीय दलको बैठकलगत्तै साढे १० बजे बस्नेगरी सभापति देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

बैठकमा देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चालाई बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको सचिवालयले जनाएको छ । विपक्षी मोर्चालाई बलियो बनाएर प्रस्तुत गर्नेगरी कांग्रेसले दलहरूसँग संवाद गर्न लागेको हो । 

सहकारी प्रकरणको छानबिनका लागि कांग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर, बिहीवार कांग्रेसको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक चलाएपछि मुडभेडको स्थिति आएको थियो । संसद् बैठक आज बिहान ११ बजे पुन: बस्दै छ । 

यसअघि एक महिनामा ४ पटक संसदीय दलको बैठकबाट औपचारिक निर्णय गर्दै कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । 

आज पाँचौ पटक पनि कांग्रेसले औपचारिक निर्णय गर्दै फेरि समिति गठनलाई आफ्नो बटममलाइन बनाउने कांग्रेसको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्