
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्।
कार्कीले शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा एमालेका रामबहादुर राना मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा माओवादीका गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालय एमालेका लिलाबल्लभ अधिकारी र स्वास्थ्य मन्त्रालयको जिम्मा माओवादीका राजेन्द्र कार्कीलाई दिएको छ ।
यस्तै खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय एमालेका एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा एमालेकै पाँच कर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैंले राखेका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी माओवादीका नारायण बुर्जा मगरले सम्हाल्ने भएका छन् ।
दुई राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्धना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनीहरूले शुक्रबार साँझ नै शपथ ग्रहण गरिसकेका छन् ।