
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको वाहिनीपति थिए ।
उनलाई मोबाइल ९८५१२७२००७ र [email protected] ईमेलमा सम्पर्क गर्न सकिने सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।