×

बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता

मकवानपुर | जेठ ४, २०८१

बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि आज अपराह्नसम्ममा चारवटा पदमा मनोनयन दर्ता गरिएको छ । 
राजनीतिक दलको सहमतिअनुसार नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङदोर्जे लामा, कृषि, शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकालको मनोनयन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

अर्थ तथा विकास समितिको सभापति पदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट दुईजनाको उम्मेदवारी दर्ता गरेकाले सो पदमा भोलि शनिबार अपराह्न निर्वाचन हुने सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।  नेकपा (एमाले)को भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने उम्मेदवारी दर्ता नभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 


Advertisment

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले आज बसेको सर्वदलीय बैठकले निर्विरोध निर्वाचन गर्ने सहमति गरेअनुसार मनोनयन दर्ता भएका बताए । 


Advertisment
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x