२५ असार २०८३, बिहीबार
संसदीय छानबिनको माग

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा कांग्रेस सभापति देउवासहित शीर्ष नेता

जेठ ५, २०८१
काठमाडौं
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा कांग्रेस सभापति देउवासहित शीर्ष नेता
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । शनिबार बिहान प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका हुन् ।

उनीहरू बिहान ९ बजे बालुवाटार पुगेको कांग्रेस महामन्त्री गगन थापाको सचिवालयले जनाएको छ । 

कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका हुन् । यसअघि हिजै तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चलन् नदिने कांग्रेसको अडान छ ।

salt training

कमेन्ट गर्नुहोस्