
भारतको हरियाणास्थित नुहमा शनिबार बिहान बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २० जना घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
बसमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
‘कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो ।
बसमा करिब ६० जना सवार थिए र ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् ।