२९ असार २०८३, सोमबार

अमेरिकामा आँधीका कारण मृत्यु हुनेकाे सङ्ख्या ७ पुग्यो

जेठ ५, २०८१
काठमाडौं
अमेरिकामा आँधीका कारण मृत्यु हुनेकाे सङ्ख्या ७ पुग्यो

टेक्सास– अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् ।

अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनमा बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा १०० माइलसम्मको गतिमा आएको हावाले गर्दा थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतकको सङ्ख्या सात पुगेको छ ।

तीव्र रुपमा आएको आँधीका कारण आवासीय क्षेत्रमा रुख र बिजुलीका तार खसेका छन् भने राष्ट्रिय मौसम सेवाले साइप्रसको उपनगरमा आँधी आएको पुष्टि गरेको छ ।

ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजका अनुसार पीडितमा ८५ वर्षीया महिला पनि समावेश छन् जसको घरमा बिजुलीको प्रहारले आगलागी हुँदा मृत्यु भएको थियो ।

आँधी प्रभावित क्षेत्रको ठूलो भागमा बिजुली काटिएपछि आफ्नो अक्सिजन ट्याङ्की भर्न जानेक्रममा ६० वर्षीय व्यक्तिलाई अचेत अवस्थामा फेला परेमा ती व्यक्ति मृत घोषित गरिएको थियो । अर्का एक ५७ वर्षीय व्यक्तीको बिजुलीको पोल सार्ने क्रममा पोल खसेर मृत्यु भएको पुष्टि भएको छ ।

ह्युस्टनका मेयर जोन ह्विटमिरेले आँधीपछि चार जनाको मृत्युको यथेस्ट विवरण तुरुन्त उपलब्ध नभएको जानकारी दिएका छन् ।  

तेल र पेट्रोकेमिकल्सको वरिपरि केन्द्रित अर्थोपार्जन भएका २.३ मिलियन मानिसको घर ह्युस्टनमा स्कूलहरू शुक्रबार बन्द गरियो भने गैर–आवश्यक कामदारहरूलाई घरमै बस्न आग्रह गरिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्