१० साउन २०८३, आइतबार
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

जेठ ६, २०८१
काठमाडौं
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
कानूनमन्त्री पदम गिरी ।

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको हो । तर बैठक केही ढिलोगरी शुरू हुने नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत कार्यदलका सदस्य जीवन परियारले लोकान्तरलाई जानकारी दिए ।

सत्तापक्ष र प्रतिपक्षमा रहेका प्रमुख दलहरूको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश भने टुंगो लागेको छैन । यही टुंगो लगाउन बैठक बस्न लागेको हो । 

कार्यादेश टुंगो लगाउन नेकपा (एमाले)का नेता एवम् कानूनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल सदस्य छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच शनिबार सहमति भएसँगै अब संसदको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । संसद् बैठक आज बिहान ११ बजे बस्दैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्