२४ असार २०८३, बुधबार

ललितपुर आगलागी अपडेटः एकै परिवारका चारैजना सदस्यको मृत्यु

जेठ ६, २०८१
काठमाडौं
ललितपुर आगलागी अपडेटः एकै परिवारका चारैजना सदस्यको मृत्यु

ललितपुर महानगरपालिका–१७ स्थित बाफलकाे एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी भएको थियो ।

तत्कालीन समयमा सञ्जय गिरीको परिवारका सदस्यहरू घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले बताए । 

सञ्जय घाइते भएपछि ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा थिए । किस्टमै उपचार गराइरहेकी सञ्जयकी श्रीमती रुपाको वैशाख ३१ मा मृत्यु भएको थियो । 

आगलागी भएको भोलिपल्टै गिरीदम्पतीका दुई सन्तान ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो । आगोले जलेर घाइते भएका सञ्जयका भतिज नाता पर्ने १५ वर्षीय नित गिरीको उपचार जारी रहेको जानकारी एसएसपी खनालले दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्