११ साउन २०८३, सोमबार

अनुप र सोनीलाई महंगो भयो माया  [भिडियो]

जेठ ६, २०८१
काठमाडौं
अनुप र सोनीलाई महंगो भयो माया  [भिडियो]


लोकप्रिय गायक प्रमोद खरेलको स्वर तथा चर्चित संगीतकार राजकुमार बगरको संगीत सजिएको गीत 'महंगो भयो तिम्रो माया'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार जीएम दीपु देपेन्द्रले लेखेको गीतको एरेन्ज कमल सौगातले गरेका हुन् । म्युजिक भिडियोमा अनुपजंग थापा र सोनी बिसीको दमदार अभिनय देख्न सकिन्छ ।

बाल कलाकार आराध्य आरएलडीसीको समेत अभिनयका कारण निकै मार्मिक बनेको म्युजिक भिडियो पछिल्लो समयका निकै व्यस्त एवं चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् ।

भिडियो मुकेश हुमागाईंको छायाङ्कन, मीन रावलको सम्पादन/कलर, राहुल बराइलीको कोरियोग्राफी र रोजिना श्रेष्ठको मेकअप रहेको छ । 

निर्देशक रुपाखेतीले अनुपजंग थापालगायतसँग यसअघि आफूले काम गरेका भिडियोहरूले निकै चर्चा कमाइसकेको भन्दै यस भिडियोमा पनि समग्र कलाकारहरूको दमदार अभिनय रहेकोप्रति खुशी व्यक्त गरे ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्