२७ असार २०८३, शनिबार

सहकारी ठगी छानबिन समितिको टिओआरमा दलहरू सहमतिनजिक

जेठ ६, २०८१
काठमाडौं
सहकारी ठगी छानबिन समितिको टिओआरमा दलहरू सहमतिनजिक

सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको लागि दलहरू यसको टीओआरमा सहमतिनजिक पुगेका छन् ।

नेपाली कांग्रेसले सहकारी प्रकरणका विषयमा गृहमन्त्री रवि लामिछानेको नाम नै उल्लेख गरेर संसदीय समितिले छानबिन गर्नुपर्ने अडान लिँदै आएको थियो ।

तर रवि जोडिएको भनिएको सूर्यदर्शन, सुप्रिमसहितका सहकारीको छानबिन गर्ने तर रविको नाम उल्लेख नगर्ने गरी सहमति हुन लागेको दाबी सत्तारुढ दलका नेता गरेका छन् । 

समस्या देखिएका सहकारीको नाम किटान गर्ने तर रविको नाम प्रत्यक्ष उल्लेख नगर्ने गरी दलहरू टीओआरमा सहमतिनजिक पुगेको दाबी सत्ता पक्षले गरेको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको टीओआर टुंग्याउने छलफलमा मोटामोटी ड्राफ्ट तयार भएपछि कांग्रेस भने आन्तरिक छलफलमा जुटेको छ । कार्यदलमा रहेका सदस्यलाई बोलाएर कांग्रेसले छलफल गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकको सचिवायलयले पनि टीओआरमा दलहरू सहमतिनजिक पुगेको जानकारी दिएको छ । 

यस अघि छानबिन समिति गठनको अडानमा रहेको कांग्रेसले विपक्षी दलहरूको समेत बैठक बोलाउँदै आइतबार गृहमन्त्री रवि लामिछानेलाई बोल्न निषेध नगर्ने निर्णय गरेको थियो । 

कार्यदलले छानबिनका समितिको टीओआर बनाएपछि मात्रै संसद बैठक राखिएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन समिति गठनको लागि टीओआरमा दलहरू सहमतिनजिक पुगेको जानकारी दिए । 

‘हिजो सरकारसँग समिति बनाउने सहमति भयो । आज कार्यदलको बैठक बस्यो । सहमतिको नजिक पुगेका छौं । तर अन्तिम टुंगोमा पुगेका छैनौं', बर्तौलाले भने, ‘कांग्रेसले आन्तरिक छलफलका लागि समय मागेर छलफलमा जुटेको छ । कन्टेन्टमा टाढा पनि छैनौं । हामीले समग्र सहकारीको समस्या समाधान होस् भन्ने छ । नीतिगत, कानुनी र संरचनागत पक्षमा काम गर्न सक्ने गरी टीओआर बनाउँ भनेका छौं । आज बेलुकासम्म हामी टुंगोमा पुग्न सक्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्