१९ असार २०८३, शुक्रबार

करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु

जेठ ६, २०८१
लमजुङ
करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु

लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।​​​​

दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए ।

सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चापाईले बताए ।

प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराका अनुसार घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

लमजुङ अस्पताल बेंसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्