११ साउन २०८३, सोमबार

गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिने तयारी, बानेश्वर पुगे प्रचण्ड

जेठ ६, २०८१
काठमाडौं
गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिने तयारी, बानेश्वर पुगे प्रचण्ड

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न अवरोध नगर्ने भएको छ । 

पटक-पटक सूचना टाँसेर स्थगित भएको प्रतिनिधि सभाको आइतबारको बैठकमा गृहमन्त्रीलाई बोल्न दिने सहमति भएको हो । लामिछानेले संसद्‌मा बोल्न पाउनु पर्ने माग राख्दै आएका थिए । 

‘संसद् बैठक बस्ने र गृहमन्त्रीलाई बोल्न दिने तयारी भएको छ’, संसद सचिवालय स्रोतले भन्यो, ‘त्यसपछि कांग्रेसले आफ्नो माग दोहोर्‍याउने तयारी छ ।’

संसद्‌मा गृहमन्त्री बोल्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि संसद् भवन पुगेका छन् ।

यसअघि सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि बिहीवार संसद्‌मा झडपको स्थिति सृजना भएको थियो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचनामार्फत दिउँसो २ बजेका लागि सारिएको थियो ।

२ बजेका लागि तोकिएको बैठक पुनः सूचनामार्फत अपरान्ह साढे ४ बजेका लागि तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्