११ साउन २०८३, सोमबार

जसपाका ७ सांसदलाई संसदीय प्रक्रियामा सहभागी नगराउन माग गर्दै उपेन्द्र यादवको पत्र

जेठ ६, २०८१
काठमाडौं
जसपाका ७ सांसदलाई संसदीय प्रक्रियामा सहभागी नगराउन माग गर्दै उपेन्द्र यादवको पत्र

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाका ७ जना सांसदलाई संसदीय प्रक्रियामा सहभागी नगराउन माग गर्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । 

उनले आइतबार जसपा नेपाल विभाजन गरी नयाँ पार्टी गठन गरेका ७ जना सांसदलाई विश्वासको मतलगायत अन्य संसदीय प्रक्रियामा सामेल नगराउन पत्राचार गरेका हुन् ।

सर्वोच्च अदालतले समेत यथास्थितिमा राख्न भनी गरेको अल्पकालीन अन्तरिम आदेश बमोजिम मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिने विश्वासको मतको प्रक्रिया साथै प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सामेल नगराउन पत्राचार गरेका हुन् ।

सांसदहरू अशोककुमार राई, नवल किशोर साह सुडी, रन्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठलाई उक्त प्रक्रियामा सामेल नगराउन उनले पत्राचार गरेका हुन् ।

अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी दर्ता भएपछि उपेन्द्रले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

उक्त रिटमाथि सुनुवाइ गर्दै यथास्थितिमा राख्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्