०२ साउन २०८३, शनिबार

छानबिन रोक्ने बहकाउमा ​लागे रवि, हातमा घण्टी बोकेकै भरमा उनले छुट पाउँदैनन् : गगन थापा

जेठ ६, २०८१
काठमाडौं
छानबिन रोक्ने बहकाउमा ​लागे रवि, हातमा घण्टी बोकेकै भरमा उनले छुट पाउँदैनन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूमाथि लागेको आरोपलाई बहकाउन अनर्गल प्रचार गरेको बताएका छन् ।

सहकारी छानबिन प्रकरणमा रविले व्यक्ति केन्द्रित गरेको आरोप लगाएपछि गगनले यस्तो चेतावनी दिएका हुन् ।

‘छानबिनलाई रोक्न बहकाउन रवि लामिछाने लाग्नुभएको देखिन्छ । यो सबैबाट के बुझिन्छ भने उहाँ छानबिन समितिबाट डराउनुभएको छ', संसद्‌मा रविको आरोपपछि पत्रकार सम्मेलन गर्दै गगनले भने, ‘सहकारीको प्रकरणमा छानबिन गर्न माग गर्दै आएका छौं । आर्थिक अपचलनमा गोर्खा मिडियाका प्रबन्धक र सञ्चालक दोषी छन् भनेर संसदीय छानबिन समिति भन्छ कि भन्ने डर छ । यस्तो समिति बनाएर गलत सावित गरिदिए हुन्छ । तर हातमा घण्टी भएकै आधारमा रविले छुट पाउँदैनन् । गल्ती गरे कांग्रेस, एमाले, माओवादी कोही पनि उम्किँदैनन् ।’ 

थापाले सहकारी, कम्पनी, मिडिया र पार्टीका नाममा रास्वपाको ग्याङ नै लागेको बताए ।

व्यक्तिसँग जोडिएको विषयमा आफूहरूले प्रश्न नउठाएको भन्दै थापाले प्रश्नलाई गलत प्रमाणित गराउने जिम्मा लामिछानेको भएको बताए । 

संसद्‌मा बोल्न नदिएको आरोप आफूहरूले खेपे पनि अब समिति नबनेसम्म संसद्‌मा विश्वासको मत र संसद्का गतिविधि अगाडि नबढ्ने पनि थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्