२३ जेठ २०८३, शनिबार

बिहानैदेखि धुम्म काठमाडौं, केही ठाउँमा हल्का वर्षा

जेठ ७, २०८१
काठमाडौं
बिहानैदेखि धुम्म काठमाडौं, केही ठाउँमा हल्का वर्षा

काठमाडौं उपत्यकाका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । सोमबार बिहान उपत्यकाभित्र कतै कतै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिनभर काठमाडौंको मौसम बदली नै रहने महाशाखाले जनाएको छ । आज उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

बिहानै पानी परेपछि काठमाडौं धुम्म परेको देखिएको छ । बिहानैदेखि वर्षा भए पनि हवाई उडान भने नियमित भइरहेका छन् । 

उडान र अवतरणमा कुनै समस्या नरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 'विमानस्थल क्षेत्रमा हल्का पानी परेको छ । तर, उडान र अवतरणमा कुनै समस्या छैन । नियमित भइरहेको छ,' कार्यालयका एक कर्मचारीले भने ।

salt training

कमेन्ट गर्नुहोस्