१० साउन २०८३, आइतबार
कांग्रेसको अवरोधबीच विश्वासको मत

प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७, विपक्षमा शून्य

जेठ ७, २०८१
काठमाडौं
प्रचण्डले पाए विश्वासको मत, पक्षमा १५७, विपक्षमा शून्य

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा चौथोपटक विश्वासको मत पाएका छन् । सोमवार दिउँसो प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो । मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिए ।

मतदानमा १५८ सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् । उपेन्द्र यादवको पार्टी जसपा विभाजन भएपछि प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) अशोक राई पक्ष, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद-३ सांसदले विश्वासको मत दिए ।

संसद बैठक शुरू भएलगत्तै कांग्रेससहित विपक्षी दलहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरूले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

त्यसपछि शुरू भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरूले नाराबाजी जारी राखेका थिए । विरोधबीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । त्यसपछि कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्