२६ असार २०८३, शुक्रबार
प्रधानमन्त्रीको टिप्पणी

जरुरी पर्‍यो भने अरू ५/१० पटक पनि विश्वासको मत लिन्छु : प्रचण्ड

जेठ ७, २०८१
काठमाडौं
जरुरी पर्‍यो भने अरू ५/१० पटक पनि विश्वासको मत लिन्छु : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जरुरी पर्‍यो भने अरू ५/१० पटक विश्वासको मत लिने टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा प्रचण्डले आवश्यक परे जतिपटक पनि विश्वासको मत लिने बताएका हुन् ।

‘आवश्यक परे अरू ५/१० पटक पनि विश्वासको मत लिन्छु’, अब कतिपटक विश्वासको मत लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत प्राप्त गरेका थिए ।

कांग्रेसले नाराबाजी गरिरहेको संसदको बैठकमा प्रचण्डले १५७ सांसदको समर्थन प्राप्त गरे । 

प्रचण्डले विश्वासको मत लिएपछि संसद भवन नयाँ बानेश्वरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित तीन नेताबीच छलफल भएको छ ।

ओलीले प्रचण्डलाई बधाई दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्