०३ असार २०८३, बुधबार

माओवादीको निर्णयले कमल थापा जिल्ल, देउवालाई धर्मसंकट !

कात्तिक २०, २०७४
माओवादीको निर्णयले कमल थापा जिल्ल, देउवालाई धर्मसंकट !
काठमाडौं ३१ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि मंगलवार नै माओवादीले सरकारबाट बाहिरिने तयारी गरेको थियो । देउवासँगको भेटवार्तामा चर्काचर्की भएपछि सरकारबाट बाहिरिन तयार रहन प्रचण्डले आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

सरकारबाट बाहिरिएको निर्णय सुनाउन माओवादीका तर्फवाट सरकारमा सहभागि प्रभावशाली दुईमन्त्री कृष्णबहादुर महरा र जनार्दन शर्माले एक घण्टाको फरकमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री महराले पार्टीले निर्णय गरे आफूहरु एक मिनेटमै सरकार छाड्ने बताए । यसबीचमा माओवादी अध्यक्ष प्रचण्डले सरकार छाडेको घोषणा गर्ने वक्तव्य बनाइसकेको चर्चा चल्यो ।

दुईबजे गृहमन्त्रालयमा मन्त्री जनार्दन शर्माको पत्रकार सम्मेलन थियो । जहाँ जनार्दनले माओवादी १ सय ८० डिग्री परिवर्तन भएको निर्णय सुनाए । ‘प्रधामननत्रीले चुनाव सार्ने तयारी गरेको सूचना पायौ, हामीले सरकार छाड्दैनौ’ मन्त्री शर्माले भने ।

माओवादीले मंगलवार सरकार छाडेमा प्रधानमन्त्री देउवाले मंगलवार नै राप्रपाका मन्त्रीहरुलाई विभागिय जिम्मेवादी दिने निर्णय गरेका थिए । राप्रपा स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कमल थापालाई गृहमन्त्रालय दिने तयारी गरेका थिए ।

माओवादीको पछिल्लो निर्णयले देउवा भन्दापनि विनाविभागिय मन्त्री कमल थापा जिल्ल परेका छन् । प्रचण्डसँगको भेटमा देउवाले सरकार नछाडे माओवादी मन्त्रीहरुलाई विनाविभागिय बनाइदिने चेतावनी दिएका स्रोतको दाबी छ ।

गैर सांसदलाई मन्त्री बनाउने व्यबस्था नभएका कारण देउवाले सरकारमा सहभागि मन्त्रीको कार्यविभाजनमा हेरफेरको तयारी गरेका थिए । सहज ढंगले सरकार नछाडे माओवादी मन्त्रीलाई विनाविभागिय बनाउने देउवाको तयारी छ ।

प्रधामनन्त्रीले नचाहादा नचाहादै पनि माओवादीहरु सरकारमा किन बसिरहेका होलान ? गृहमन्त्री शर्मा भन्छन, ‘हामीलाई मन्त्री खान लोभ छैन, तर निर्वाचन सुनिश्चितता हुनुपर्छ ।’

माओवादी मन्त्रीले सरकार नछाडे के हुन्छ ?

संविधानमा प्रधामनन्त्रीले मन्त्री बर्खास्त गर्ने व्यबस्था नभएको जानकारहरु बताउँछन् । संसदीय व्यबस्थामा प्रधानमन्त्रीले मन्त्रीको राजीनामा माग्ने या कार्यविभाजन हेरफेर गर्न सक्छन, तर बर्खास्त गर्न सक्दैनन् ।

देउवाले विनाविभागिय बनाएपनि माओवादी मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागि हुन सक्छन् । तर जिम्मेवारी बिना सरकारमा बस्ने या छाड्ने भन्ने कुरा भने नैतिकतामा भर पर्छ ।

अपडेटः प्रधानमन्त्रीले माओवादीमन्त्रीलाई विनाविभागिय बनाएका छन्  भने कमल थापालाई उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्रालयको जिम्मेवारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्