२५ असार २०८३, बिहीबार

मधेश सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

जेठ ८, २०८१
काठमाडौं
मधेश सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेश प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । 

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरूपमा भएको परिवर्तनअनुसार मधेश प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए। मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए ।
 
'प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेश प्रदेशको सरकार पनि परिवर्तन हुन्छ,' अध्यक्ष नेपालले भने ।

salt training

कमेन्ट गर्नुहोस्