०६ साउन २०८३, बुधबार

ट्याक्सी चलाउँथे थलीमा मृत भेटिएका पुरुष: आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान

जेठ ८, २०८१
काठमाडौं
ट्याक्सी चलाउँथे थलीमा मृत भेटिएका पुरुष: आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत फेला परेका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । ट्याक्सी चलाउने भक्तपुर नगरपालिका–७,​ छालिङका नगरकोटी मंगलबार बिहान  मृत भेटिएका थिए । 

नगरकोटीको शव कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेको थियो । उनको शव भेटिएपछि अनुसन्धान थालेको प्रहरीले उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा फेला पारेको थियो । यस्तै प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा फेला परेका छोराले पनि आत्महत्या प्रयास गरेको एसपी अधिकारीले बताए । 'मृत भेटिएका कृष्ण ट्याक्सी चलाउने रहेछन् । तीन/चार महिनादेखि बाबुछोरा नै घर नगई ट्याक्सीमै सुत्ने गरेका छन् । थापाथलीमा रहेको डेरामा पनि गत पुसदेखि नगएको पाइयो,' अधिकारीले भने, 'दुवैले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान गर्दै छौं ।'

एसपी अधिकारीका अनुसार कृष्णले भाडामा ट्याक्सी चलाउने गरेका थिए । गएराति बाबुछोरा र छोरी सँगै रहेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरू काठमाडौंको कालोपुल क्षेत्रबाट छुटेका थिए । 'राति तीनै जना ट्याक्सीमा घुमेका रहेछन् । कालो पुल क्षेत्रमा पुगेपछि ट्याक्सी बिग्रेको भन्दै बनाउने सामान ल्याउन भनेर निस्किएका रहेछन् । त्यहीबाट उनीहरू छुट्टिएको देखिन्छ,' अधिकारीले भने, 'बुवाले नै आत्महत्या गर्न सिकाएको बयानबाट खुलेको छ । उनीहरू एबनर्मल अवस्थामा रहेको जस्तो देखिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्